काठमाडौ ।रेड मिडिया प्रालीकि प्रबन्ध निर्देशक तथा रेड मिडियाकि प्रधान सम्पादक बिष्णुमाया पौडेल "पत्रकारिता सम्मान २०८१"पुरस्कारबाट आज शुक्रबार सम्मानित भएकी छिन ।
उनी गणतन्त्र नेपालको प्रथम उप-राष्टपती प्रमानन्द झाको हातबाट सम्मानित भएकि हुन।पौडेल डेढ दसकदेखि पत्रकारिता क्षेत्रमा क्रीयासिल छिन।
अनलाइन पत्रीका ,रेडियो ,टेलिभिजनमा काम गरिसकेकी उनले नेपालका राष्ट्रिय कलाकार,बन,बाताबरण ,शिक्षा ,स्वास्थ तथा राजनिति क्षेत्रमा कृयाशिल उच्च ब्यक्तिहरुको अन्तर्वाता समेत लिसकेकी छिन।
उनी कुशल उद्घोषण प्रशिक्षकको साथमा गायिका समेत हुन।सन्चार क्षेत्रमा लामो समयदेखी कृयाशिल रहदै आएकी पौडेल अहिले आफ्नै रेड मिडिया अनलाइन पत्रीका स्थापना गरि खोज पत्रकारिता गरिरहेकी छिन।
उनिले श्रमजीवी पत्रकारहरुलाई समेत रोजगारी सृर्जना गरि आफुलाइ चौथो अङ्गको रूपमा स्थापित गर्न सफल भएकी छिन ।
न्युज लाइन्स मिडिया प्रालीको नवौं बार्षिक उत्सबको उपलक्ष्यमा पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको सोहि सस्थाकी अध्यक्ष रिता ढकालले बताइन् ।
रेड मिडियाकि सम्पादक पौडेल सगै अन्य पत्रकारहरु पनि सम्मानित भएकाछन।सम्मानित हुनेहरूमा कर्पोरेट पत्रीकाका सम्पादक उज्ज्वल जङ्ग शाह ,दैनिकी डटकमका प्रधान सम्पादक माधब प्रसाद तिवारी ,एक्यवद्धता मासिककि सम्पादक मिना घिमिरे ,रातो पार्टीका समाचार सम्पादक राजकुमार सिग्देल ,राज्य दैनिकका कार्यकारी सम्पादक सरोज ओझा ,राष्ट्रिय समाचार समितिका कृष्ण राज गौतम ,हिमालय टाइम्स दैनिकका रबिन्द्र बाराही र सन्चार्कर्मी डिबि पराजुली हुन।
काठमाडौको डाडा गाउँ ,शिबपुरीमा भएको आजको कार्यक्रम प्रतिष्ठित ब्यक्तिहरुले शुभकामना मन्तव्य समेत दिएका थिए।बुद्धिजीवी ,पत्रकार,समाजसेवीहरुको बाक्लो उपस्थितिका बीच कार्यक्रम सम्पन्न भएको थियो।
सम्बादाता
- २०८१-०९-०६
एक बर्ष अगाडि
काठमाडौ ।पशुपति क्षेत्र बिकास कोषले पशुपति क्षेत्रमा अनावश्यक डुलि हिड्ने ,भक्तजनहरुलाइ दुख दिने,बाट
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!