चर्चामा
काठमाडौ ।अमेरिकाले इरानका राष्ट्रपति मसुद पेजेस्कियन, परराष्ट्रमन्त्री अब्बास अराक्ची तथा अन्य वरिष्ठ अधिकारीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा स्वीकृत गरेको छ। अमेरिकाले राष्ट्रसंघको मुख्यालय रहेको मुलुकका रूपमा आफ्नो दायित्वअनुसार इरानी प्रतिनिधिमण्डललाई प्रवेश अनुमति दिएको जनाएको छ, यद्यपि उनीहरूमाथि आवतजावत र अन्य गतिविधिमा केही प्रतिबन्ध लगाइने बताइएको छ।
इरान–अमेरिका सम्बन्ध तनावपूर्ण रहेका बेला र पश्चिम एशियामा द्वन्द्व जारी रहँदा गरिएको यो निर्णयलाई अन्तर्राष्ट्रिय कूटनीतिमा चासोका साथ हेरिएको छ।
यसैबीच, अमेरिकाले एक दिनअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससहितको प्रतिनिधिमण्डललाई भिसा दिन अस्वीकार गरेको थियो। अमेरिकी प्रशासनले प्यालेस्टिनी प्राधिकरण र पीएलओमाथि पूर्वप्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै यो निर्णय गरेको जनाएको छ।
एकातिर इरानी नेतृत्वलाई महासभामा सहभागी हुन अनुमति दिने र अर्कोतिर प्यालेस्टिनी नेतृत्वलाई रोक लगाउने अमेरिकी निर्णयले अन्तर्राष्ट्रिय समुदायमा दोहोरो मापदण्डबारे बहस समेत चर्काएको छ।
क्रोएसिया । फुटबल खेलअघि यहुदीविरोधी तथा नाजी समर्थक नारा लगाउँदै हिंसा भड्काएको आरोपमा क्रोएसियामा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!