कांग्रेस महाधिवेशनमा गगनको राजनीतिक प्रतिवेदन पेस

कांग्रेस महाधिवेशनमा गगनको राजनीतिक प्रतिवेदन पेस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा गरेका कमजोरीको समीक्षा गर्दै पार्टीको संगठनात्मक पुनर्संरचना, युवाको सहभागिता बढाउने र सरकारमाथि थप निगरानी गर्ने प्रस्ताव गरिएको छ।बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी छन्। प्रतिनिधिहरूलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल भइरहेको छ।कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि आजैदेखि सुरु भएको छ। असोज २० गते उम्मेदवारी मनोनयन र असोज २२ गते मतदान गर्ने कार्यतालिका छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
3 घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP