बागमतीमा आज विश्वासको मतको परीक्षा, मुख्यमन्त्री थापा मगर बहुमत जुटाउने तयारीमा

बागमतीमा आज विश्वासको मतको परीक्षा, मुख्यमन्त्री थापा मगर बहुमत जुटाउने तयारीमा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। संविधानको धारा १६८(४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मतका लागि प्रदेश सभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ। 

मुख्यमन्त्री थापा मगर एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। १०४ सदस्यीय प्रदेश सभामा सरकारलाई बहुमत कायम राख्न कम्तीमा ५३ मत आवश्यक पर्नेछ। 

यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने आफ्ना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित भएर सरकारविरुद्ध मतदान गर्न निर्देशन दिएको छ। 

आजको मतदानले बागमती प्रदेश सरकारको आगामी स्थायित्व, सत्ता समीकरण र राजनीतिक दिशालाई निर्धारण गर्ने भएकाले प्रदेश राजनीतिमा यसको विशेष चासोका साथ प्रतीक्षा गरिएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
5 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP