काठमाडौं । गायिका संगीता बडुवालको नयाँ गीत ‘गया धर्ती छोडी’ सार्वजनिक भएको २४ घण्टा नपुग्दै टिकटकमा भाइरल बनेको छ। गीतको अडियो प्रयोग गरेर विभिन्न भिडियो बन्न थालेपछि सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको हो।
Limelight Nepalको निर्माणमा तयार भएको गीतमा कृष्ण मल्ल ठकुरीको शब्द, संगीता बडुवालकै लय तथा स्वर रहेको छ। गीत टेकेन्द्र शाहको प्रस्तुतिमा सार्वजनिक गरिएको हो।
भावुक शब्द, मार्मिक लय र संगीता बडुवालको जादुमयी स्वरले गीतलाई थप प्रभावशाली बनाएको छ। गीत सुनेपछि आफूहरू भावुक बनेको प्रतिक्रिया श्रोताहरूले सामाजिक सञ्जालमार्फत दिइरहेका छन्।
सार्वजनिक भएको छोटो समयमै टिकटकमा गीतको अडियो प्रयोग गरेर विभिन्न भिडियो बन्न थालेका छन्। युट्युबमा समेत गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। विशेषगरी गीतको शब्द, लय र संगीता बडुवालको गायनको प्रशंसा भइरहेको छ।
संगीता बडुवालको आधिकारिक युट्युब च्यानलमा उपलब्ध **‘गया धर्ती छोडी’**ले छोटो समयमै पाएको चर्चा र टिकटकमा बढ्दो प्रयोगले गीतले आगामी दिनमा थप लोकप्रियता हासिल गर्ने संकेत देखाएको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!