बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ मा ‘कपडा बैंक’को शुभारम्भ गरिएको छ । क्लोथ एन्ड फुड बैंक नेपालसँगको सहकार्यमा आयोजित कार्यक्रममा ४४२ जना चेपाङ समुदायका नागरिकलाई कपडा वितरण गरिएको हो ।
प्रयोगमा नआएका कपडा तथा झोलालाई वडा कार्यालयमा स्थापना गरिएको केन्द्रमा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । संकलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड बैंक’ले पुनः चक्रण (रिसाइकल) गरी आकर्षक प्याकेजमा तयार पार्ने जनाएको छ । पुनः प्रयोग योग्य बनाइएका कपडा तथा झोला बैंकले सञ्चालन गर्ने ‘शोरुम’मार्फत आवश्यक पर्ने जो–कोहीले निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
बैंकले विपन्न तथा गरिब परिवारलाई घरघरमै पुगेर कपडा वितरण अभियान समेत सुरु गरिसकेको जनाएको छ । तनहुँमा कपडा बैंक सञ्चालन गर्ने बन्दीपुर दोस्रो स्थानीय तह बनेको छ । यसअघि भिमाद नगरपालिकामा कपडा बैंक स्थापना भइसकेको छ ।
गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले प्रयोगमा नआउने कपडालाई पुनः प्रयोगमा ल्याई कपडाविहीन तथा आवश्यकतामा रहेका व्यक्तिलाई निःशुल्क वितरण गर्ने उद्देश्यले कपडा बैंक सुरु गरिएको बताउनुभयो ।
यस्तै वडाध्यक्ष शिव कुमार श्रेष्ठले घर तथा छिमेकमा रहेका प्रयोगमा नआएका कपडा संकलन गरी वडा परिसरमा रहेको कपडा बैंकमा जम्मा गरिदिन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
त्यस्तै, बैंकका अध्यक्ष कमल जि सीले संकलित कपडा तथा अन्य सामग्रीलाई रिसाइकल गरी माग र स्थानीय तहको सिफारिसका आधारमा निःशुल्क वितरण गरिने जानकारी दिनुभयो । साथै विपन्न तथा गरिब समुदायसम्म घरघरमै पुगेर कपडा वितरण गर्ने अभियानमा सहभागी हुन सबैलाई अनुरोध गर्नुभएको छ ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!