काठमाडौं । आयोजक अमेरिका फिफा विश्वकप-२०२६ को उद्घाटन खेलमै प्रभावशाली प्रदर्शन गर्दै विजयी भएको छ। शनिबार बिहान लस एन्जलस स्टेडियममा सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा अमेरिकाले पाराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई गोल गरे भने जियोभानी रेयनाले एक गोल थपे। अमेरिकाले एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त गरेको थियो। पाराग्वेका लागि मौरिसियोले सान्त्वना गोल फर्काए।
खेलको सातौं मिनेटमै पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले आफ्नै पोस्टमा गोल गरेपछि अमेरिकाले अग्रता लिएको थियो। स्टन म्याकेनीको प्रहार क्लियर गर्ने क्रममा बोबाडिल्लाले गरेको प्रयास आफ्नै जालीमा पुगेको थियो।
त्यसपछि ३१औं मिनेटमा बालोगुनले गोल गर्दै अमेरिकाको अग्रता २-० बनाए। पहिलो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३-० को बलियो अवस्थामा पुर्याए।
दोस्रो हाफमा पाराग्वेले खेलमा फर्किने प्रयास गर्दै ७१औं मिनेटमा मौरिसियोमार्फत गोल गर्यो। तर इन्जुरी समयको अन्तिम मिनेटमा रेयनाले गोल थप्दै अमेरिकालाई ४-१ को सहज जित दिलाए।
यस जितसँगै अमेरिका समूह ‘डी’ मा तीन अंकसहित शीर्ष स्थानमा पुगेको छ। उक्त समूहमा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्।
यसअघि सोही समूहको अर्को खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए।
काठमाडौ ।अमेरिकामा जन्मिने शिशुहरूको जन्मसिद्ध नागरिकताको संवैधानिक अधिकार कायम राख्दै अमेरिकी सर्वो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!