काठमाडौं । चर्चित सेफ सन्तोष साह ठगी सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धनुषाको रामानन्द चोकबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार गएराति सन्तोष साहसँगै उनका दाजु नाता पर्ने नारायण साहलाई पनि पक्राउ गरिएको छ। शकुन्तला अधिकारी (थापा)को जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!