काठमाडौँ । प्रहरीले वादी अभियन्ता डा रोशनी वादीलाई नियन्त्रणमा लिएको छ ।
आज सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने, “इजलासमा हुलहुज्जत गर्न खोजेपछि उहाँ लाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।”
सर्वोच्च अदालतमा आज फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ । उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै डा रोशनीले सर्वोच्चमा रिट दायर गरेकी थिईन् ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!