सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन  निर्देशन

सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन  निर्देशन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गर्नुभएको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएकाछन् । 
 
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले मङ्गलबार व्यक्त गर्नुभएको धारणा असंसदीय रहेको भन्दै हटाउन माग गरेका थिए । 

 सभामुख अर्यालले सङ्घीय संसद् नियमावलीअनुसार असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिए । सांसद मनिष खनालले धारणा राखे लगत्तै एमालेका सांसद ऐन महरले विरोध जनाएका थिए । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP