अर्थतन्त्र ६६ खर्ब नाघ्ने अनुमान, वृद्धिदर ३.८५ प्रतिशत

अर्थतन्त्र ६६ खर्ब नाघ्ने अनुमान, वृद्धिदर ३.८५ प्रतिशत

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि नेपालको अर्थतन्त्र ६६ खर्ब रुपैयाँ नाघ्ने प्रक्षेपण सार्वजनिक गरेको छ। मंगलबार आर्थिक वर्ष राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोख्रेलले अर्थतन्त्रमा सुधारका संकेत देखिएको बताएका हुन्।

उनका अनुसार गत आर्थिक वर्षको संशोधित अनुमान ६१.९९ खर्ब रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्ष २०८२/८३ मा करिब ४ खर्बले वृद्धि हुँदै ६६ खर्ब नाघ्ने आँकलन गरिएको छ। यससँगै उक्त आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

डा. पोख्रेलले सार्वजनिक गरिएका तथ्यांकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको र नेपाल राष्ट्र बैंकको तथ्यांकसँग समेत धेरै हदसम्म मेल खाएको जानकारी दिए। यसले तथ्यांकको विश्वसनीयता थप पुष्टि गरेको उनको भनाइ छ।

कार्यालयका अनुसार हाल देशभर राष्ट्रिय आर्थिक गणना कार्यक्रम सञ्चालनमा छ। हालसम्म करिब सवा तीन लाख प्रतिष्ठानहरूको गणना सम्पन्न भइसकेको र उक्त अभियान आगामी असार ७ गतेसम्म जारी रहने।सरोकारवालाहरू लाई गणनामा सहयोग गर्न आह्वान समेत गरिएको छ।

आगामी बजेट निर्माणको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको यो तथ्यांकले सरकारलाई नीति निर्माण र बजेट विनियोजनमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै कार्यालयले विभिन्न १८ वटा क्षेत्रगत आर्थिक चित्रणहरू समेत सार्वजनिक गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

संयुक्त बैठकको तयारीमा सङ्घीय संसद् सचिवालय
6 दिन अगाडि

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) ...

छुटाउनुभयो कि ?

TOP