जलेका गाडीको नाममा इन्धन दुरुपयोग: मन्त्री मेहताद्वारा छानबिन र कारबाहीको निर्देशन

जलेका गाडीको नाममा इन्धन दुरुपयोग: मन्त्री मेहताद्वारा छानबिन र कारबाहीको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे गम्भीर चासो व्यक्त गर्दै विस्तृत अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएकी छिन्।

जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीहरूले इन्धन सुविधा लिने गरेको तथ्य खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई तत्काल छानबिन अघि बढाउन निर्देशन दिएकी हुन्।

उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ वटा मातहतका अन्य निकायका वटा गरी कुल २४ सवारी साधन जलेका थिए। ती सवारी साधन पूर्ण रूपमा क्षतिग्रस्त भई प्रयोगयोग्य नरहे पनि तिनकै विवरण प्रयोग गरी इन्धन सुविधा लिइएको पाइएको छ। यस प्रकरणलाई गम्भीर अनियमितता मान्दै मन्त्री मेहताले पारदर्शी छानबिन गरी संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन स्पष्ट निर्देशन दिएकी छिन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

संयुक्त बैठकको तयारीमा सङ्घीय संसद् सचिवालय
6 दिन अगाडि

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) ...

छुटाउनुभयो कि ?

TOP