काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार ७०० र चाँदी ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९९५ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९४५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
संवाददाता
- २०८३-०१-१३
1 हप्ता अगाडि
काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गर
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!