कार्यक्रममै गोली चल्दा डोनाल्ड ट्रम्प सुरक्षित स्थानमा सारिए

कार्यक्रममै गोली चल्दा डोनाल्ड ट्रम्प सुरक्षित स्थानमा सारिए

वासिङ्टन डीसी।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई लक्षित गरिएको सुरक्षा खतरापछि कार्यक्रमस्थलबाट तत्काल सुरक्षित स्थानमा सारिएको छ।

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा आयोजित व्हाइट हाउस संवाददाता रात्रिभोज का क्रममा अचानक गोली चलेपछि सुरक्षा निकाय सतर्क बनेको थियो। घटनापछि सुरक्षा टोलीले ट्रम्पलाई तत्कालै सुरक्षित स्थानमा सार्दै कार्यक्रमस्थल खाली गराएको थियो।

प्रारम्भिक विवरणअनुसार घटनामा संलग्न एक संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। ट्रम्प भने पूर्ण रूपमा सुरक्षित रहेको जनाइएको छ।

घटनापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ। अधिकारीहरूले गोली चल्नुको कारण र सम्भावित उद्देश्यबारे थप जानकारी संकलन गरिरहेका छन्।

यस घटनाले अमेरिकाको उच्चस्तरीय सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ भने आगामी दिनमा सुरक्षा सतर्कता अझ कडा बनाइने संकेत गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

श्रीलङ्कामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
1 हप्ता अगाडि

एजेनसी । श्रीलङ्काको केन्द्रीय बैङ्कले उच्च मुद्रास्फीति र मध्य पूर्व युद्धले उत्पन्न गरेको आर्थिक अ ...

छुटाउनुभयो कि ?

TOP