कास्कीमा प्रहरी हवल्दार ५० हजार घुससहित पक्राउ

कास्कीमा प्रहरी हवल्दार ५० हजार घुससहित पक्राउ

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले कास्कीबाट एक प्रहरी कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेको थियो। सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरा बाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

उक्त घटना वैशाख १२ गते भएको हो। आयोगले घुस रकमसमेत बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपाने ले जानकारी दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
1 हप्ता अगाडि

एजेन्सी । अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुङ ...

छुटाउनुभयो कि ?

TOP