नागरिक उड्डयन प्राधिकरणमा खुला प्रतिस्पर्धा बन्द, बहालवाला कर्मचारीमै सीमित आवेदन

नागरिक उड्डयन प्राधिकरणमा खुला प्रतिस्पर्धा बन्द, बहालवाला कर्मचारीमै सीमित आवेदन

काठमाडौं।सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महत्वपूर्ण पदका लागि आह्वान गरिएको आवेदन प्रक्रियामा उम्मेदवारको दायरा सीमित गरेको छ। मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब निजी क्षेत्रका उड्डयन विज्ञ वा स्वतन्त्र व्यक्तिले उक्त पदमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ को उपदफा (१) बमोजिम जारी सूचनामा स्पष्ट सर्त राख्दै ‘नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका इच्छुक उम्मेदवारहरू मात्र’ आवेदन दिन योग्य हुने उल्लेख गरिएको छ। यस प्रावधानले प्रतिस्पर्धालाई पूर्ण रूपमा खुला नगरी सरकारी संरचनाभित्रै सीमित बनाएको देखिन्छ।

यस व्यवस्थाअनुसार अब पदपूर्ति प्रक्रिया सरकारी सेवामा कार्यरत वा प्राधिकरणकै कर्मचारीबीचको आन्तरिक प्रतिस्पर्धामा सीमित हुने भएको छ। बाहिरी योग्य तथा अनुभवी जनशक्तिलाई अवसरबाट वञ्चित गरिएको भन्दै यस निर्णयप्रति प्रश्न उठ्न सक्ने देखिएको छ।

मन्त्रालयले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र इच्छुक बहालवाला कर्मचारीहरूले सिंहदरबारस्थित मन्त्रालयमा आवेदन बुझाउनुपर्ने जनाएको छ। आवेदनसँगै आवश्यक कागजात, अनुभव विवरण, छनोट प्रक्रिया तथा पारिश्रमिकसम्बन्धी विस्तृत जानकारी मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

सरकारको यो निर्णयले पारदर्शिता, प्रतिस्पर्धा र योग्यतामाथि आधारित नियुक्ति प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा सरोकारवाला निकाय र विज्ञहरूबीच बहस सुरु हुने संकेत देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
12 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP