काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग गर्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुँदा अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए । । उनले अर्थमन्त्री उपस्थित हुनैपर्ने अडान राखेपछि सभामुख डोलप्रसाद अर्यालले त्यसबारे अर्थमन्त्रीलाई खबर पठाइसकेको जानकारी दिए ।
उनले अर्थमन्त्री नआइपुगुञ्जेलसम्म आफ्नो धारणा राख्न सांसद राईलाई आग्रह गरे । सांसद राईले आफ्नो मन्तव्य राख्न अस्वीकार गरेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरे । आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहेको छ । यसअघि छलफलमाा भाग लिँदै सांसद अमरेशकुमार सिंहले अर्थमन्त्रीको अनुपस्थितिमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुनु राम्रो नभएको गुनासो गरे ।
उनले चुरेको संरक्षण नहुँदा पानीको तह कम हुँदै गएकाले तराई मधेसमा समस्या बढेको उल्लेख गरे । सांसद रेखाकुमारी यादवले पनि अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । उनले उच्च प्रतिफल दिने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने, वैदेशिक सहयोग र ऋणका सम्बन्धमा प्रष्ट हुनुपर्ने, कुन क्षेत्रमा सहायता लिने भन्नेबारेमा प्रष्ट हुनुपर्ने धारणा राखे ।
संवाददाता
- २०८३-०२-०५
11 घण्टा अगाडि
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!