रास्वपा सचिवालय बैठक आज: महाधिवेशनदेखि संगठन विस्तारसम्म ठूला निर्णयको तयारी

रास्वपा सचिवालय बैठक आज: महाधिवेशनदेखि संगठन विस्तारसम्म ठूला निर्णयको तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टीका सभापति रवि लामिछानेले दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन्।

प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर ६ वटा मुख्य एजेन्डामा छलफल हुनेछ।

बैठकमा विशेषगरी “जिल्ला अधिवेशन कार्यविधि २०८३” माथि गहन छलफल गरिनेछ भने महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनसम्बन्धी निर्णय लिने तयारी गरिएको छ। साथै, पार्टीको आर्थिक पारदर्शिता मजबुत बनाउन बैंक खाता सञ्चालन र व्यवस्थापनका विषयमा पनि छलफल हुने जनाइएको छ।

यस्तै, संगठनलाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूमा मनोनयन गर्ने विषयमा पनि सचिवालयले निर्णय लिनेछ।

रास्वपाले यसपटक ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’ जस्ता नयाँ अभ्यासलाई पनि प्राथमिकतामा राखेको छ।

यसैगरी, प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग र लेवी व्यवस्थापनबारे समेत विस्तृत छलफल हुने प्रवक्ता झाले जानकारी दिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वीरगञ्जमा बिहानै देखी भत्काइयो घर टहरा
5 घण्टा अगाडि

काठमाडौं । लामो समयदेखि रोकिएको सडक विस्तारको काम बिहानै ५ बजेदेखि सुरु भएको छ । लामो समयदेखि रोकिएक ...

छुटाउनुभयो कि ?

TOP