काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पार्टीभित्रको लामो विवाद टुंगिएको छ।देउवा पक्षले हालेको रिटनै सर्बोच्चले खारेज गरिदिएपछी गगन कुमार थापा समुहले आधिकारिक मान्यता पाएको हो।
अदालतको पछिल्लो निर्णयले थापा नेतृत्वको समूहलाई वैधानिकता प्रदान गरेको हो। यसअघि नै निर्वाचन आयोग ले पनि थापालाई सभापति मान्दै सो समूहलाई आधिकारिक कांग्रेसको रूपमा मान्यता दिएको थियो।
पार्टीभित्रको नेतृत्व विवाद उत्कर्षमा पुगेका बेला फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा समेत थापा नेतृत्वको टिम सहभागी भएको थियो। सो निर्वाचनमा पनि थापा समूहले कांग्रेसको आधिकारिक प्रतिनिधित्व गरेर निर्बाचनमा सहभागी भएको थियो।
यसैबीच, विशेष महाधिवेशनमार्फत थापालाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरिएको थियो। उक्त निर्णयलाई अब सर्वोच्च अदालतले समेत सदर गरेपछि कांग्रेसभित्रको वैधानिकता सम्बन्धी अन्योल अन्त्य भएको छ।
अदालतको यो फैसलापछि पार्टीको आन्तरिक शक्ति सन्तुलन, आगामी रणनीति तथा संगठनात्मक पुनर्संरचनामा नयाँ अध्याय सुरु हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको रु ६७ करो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!