काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारीविरुद्ध करिब १० करोड ५४ लाख रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार तिवारीले २०४४ सालदेखि २०७८ सालसम्म सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा तिवारीले सो अवधिमा विभिन्न स्रोतबाट जम्मा १४ करोड ५१ लाख रुपैयाँभन्दा बढी वैधानिक आय आर्जन गरेको देखिए पनि खर्च तथा लगानी भने २५ करोड ६ लाख रुपैयाँभन्दा बढी गरेको पाइएको छ।
आयभन्दा खर्च अत्यधिक देखिएपछि १० करोड ५४ लाख ९५ हजार रुपैयाँभन्दा बढी रकमको स्रोत पुष्टि हुन नसकेको अख्तियारको निष्कर्ष छ। उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार तिवारीले आर्जन गरेको भनिएको सम्पत्ति श्रीमती मिना देवी तिवारी र छोरी मीरा तिवारीको नाममा समेत राखिएको पाइएको छ। सोही आधारमा तिवारीसँगै उनकी श्रीमती र छोरीलाई समेत प्रतिवादी बनाउँदै भ्रष्टाचारसम्बन्धी कसुरमा सजायको मागदाबी गरिएको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!