काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पताल मा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स र ठेकेदारहरूलाई बिल भुक्तानी गरिदिने क्रममा घुस लिएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक कारबाहीका क्रममा उनको कार्यकक्षबाट १ लाख २०हजार ८५० नगद बरामद गरिएको थियो।
अनुसन्धानबाट उनले सेवाग्राहीसँग मिलेमतो गरी भुक्तानी प्रक्रिया अगाडि बढाउने सर्तमा रु. ९३हजार ८५० घुस लिएको प्रमाणित भएको आयोगले जनाएको छ। सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर गरिएको छ।
आयोगले दाहालविरुद्ध बिगो बराबरको जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।
काभ्रेपलाञ्चोक । बुधबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग बिहीबार बिहान ८ः३० बजेदेखि सञ्चालनमा आएको थिय ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!