राष्ट्रियसभाका उपाध्यक्ष भण्डारी पार्टीको जिम्मेवारीबाट अलग !

राष्ट्रियसभाका उपाध्यक्ष भण्डारी पार्टीको जिम्मेवारीबाट अलग !

काठमाडौँ | राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले निष्पक्षता र तटस्थता कायम गरी काम गर्ने प्रतिबद्धतासहित विगतमा आफूले लिँदै आएको दलीय राजनीतिक जिम्मेवारीबाट अलग भएको जानकारी दिनुभयो ।    
    
उपाध्यक्ष भण्डारीले आज विज्ञप्ति जारी गरेर सो जानकारी दिनुभएको हो । नेकपा (एमाले)बाट निर्वाचित भण्डारी सो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ यही चैत २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
6 घण्टा अगाडि

काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन् ...

छुटाउनुभयो कि ?

TOP