काठमाडौं । काठमाडौंबाट सञ्चालन हुने ‘नर्मल क्याटेगोरी’ सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरिएको छ । यातायात व्यवसायी तथा सम्बन्धित निकायले समायोजन गरेको नयाँ दर अनुसार विभिन्न गन्तव्यका लागि यात्रुले अब फरक–फरक भाडा तिर्नुपर्नेछ ।
पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मका प्रमुख शहरहरूमा जाने भाडादर यस प्रकार निर्धारण गरिएको छ
पूर्वी क्षेत्रतर्फ
काठमाडौं – काकडभिट्टा : २०८० रुपैयाँ
काठमाडौं – विराटनगर : १८५२ रुपैयाँ
काठमाडौं – धरान : १८४८ रुपैयाँ
काठमाडौं – इलाम : २३९५ रुपैयाँ
मधेश प्रदेशतर्फ
काठमाडौं – सिराहा : १४२० रुपैयाँ
काठमाडौं – जनकपुर : १३०६ रुपैयाँ
काठमाडौं – कलैया : १००१ रुपैयाँ
काठमाडौं – वीरगञ्ज : ९६१ रुपैयाँ
मध्य तथा गण्डकी क्षेत्र
काठमाडौं – सिन्धुली : १३०५ रुपैयाँ
काठमाडौं – गोरखा : ५४५ रुपैयाँ
काठमाडौं – पोखरा : ७६१ रुपैयाँ
काठमाडौं – बागलुङ : १०७९ रुपैयाँ
लुम्बिनी प्रदेशतर्फ
काठमाडौं – बुटवल : ९२१ रुपैयाँ
काठमाडौं – तानसेन : १०९२ रुपैयाँ
काठमाडौं – सल्यान : १७८४ रुपैयाँ
काठमाडौं – नेपालगञ्ज : १८२० रुपैयाँ
कर्णाली र सुदूरपश्चिमतर्फ
काठमाडौं – सुर्खेत : २१५० रुपैयाँ
काठमाडौं – धनगढी : २३४७ रुपैयाँ
काठमाडौं – महेन्द्रनगर : २३६६ रुपैयाँ
काठमाडौं – डडेलधुरा : २७६४ रुपैयाँ
नयाँ भाडादर लागू भएसँगै यात्रुहरूले अब यात्रा गर्दा तोकिएको दरअनुसार भुक्तानी गर्नुपर्नेछ । इन्धन मूल्य, सडक अवस्था र सञ्चालन खर्चमा आएको परिवर्तनलाई ध्यानमा राख्दै भाडा समायोजन गरिएको जनाइएको छ ।
सम्बन्धित निकायले अनावश्यक बढी भाडा असुली भएमा गुनासो गर्न यात्रुहरूलाई आग्रह समेत गरेको छ ।
काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!