काठमाडौ ।काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूको आधारभूत तहको परीक्षामा यस वर्ष उल्लेखनीय सुधार देखिएको छ। एकै वर्षमा ग्रेडेड विद्यार्थीको संख्या ८.५ प्रतिशतले वृद्धि हुँदै कुल ८१.२ प्रतिशत पुगेको छ।
काठमाडौं महानगरपालिकाको आधारभूत तह परीक्षा समितिले सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष १४ हजार ७२८ जना विद्यार्थी ग्रेडेड भएका छन्। गत वर्ष यो संख्या ७२.७ प्रतिशतमा सीमित थियो।
यस वर्ष १९ हजार ११७ जना विद्यार्थी होम सेन्टर बाहिरका परीक्षा केन्द्रहरूबाट परीक्षामा सहभागी भएका थिए।
ग्रेडेड विद्यार्थीमध्ये ८ हजार ९२ जना छात्र र ६ हजार ६३६ जना छात्रा रहेका छन्। विद्यालयगत रूपमा हेर्दा निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको प्रदर्शन उच्च देखिएको छ। ती विद्यालयबाट ११ हजार ८७५ जना विद्यार्थी ग्रेडेड भएका छन्, जसमा ६ हजार ५८९ छात्र र ५ हजार २८६ छात्रा छन्।
सामुदायिक विद्यालयतर्फ पनि सुधार देखिएको छ। यस वर्ष २ हजार ८५३ जना विद्यार्थी ग्रेडेड भएका छन्। गत वर्षको तुलनामा सामुदायिक विद्यालयमा १०.५५ प्रतिशतले सुधार भएको हो।
गत वर्ष ५१.८ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका सामुदायिक विद्यालयमा यस वर्ष यो संख्या बढेर ६२.३५ प्रतिशत पुगेको छ।
परीक्षा समितिका अध्यक्ष तथा शिक्षा अधिकारी नमराज ढकालको अध्यक्षतामा बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
यस वर्षको नतिजाले काठमाडौं महानगरभित्र आधारभूत शिक्षामा सुधार हुँदै गएको स्पष्ट संकेत दिएको छ, विशेषगरी सामुदायिक विद्यालयको प्रदर्शनमा आएको वृद्धि उल्लेखनीय मानिएको छ।
काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!