सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले सस्तिएको हो ।  

महासंघले जनाएअनुसार आज एक तोला सुनको मूल्य २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम हुन पुगेको छ । हिजो प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो  । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अभिधम्म पिटकको सान्दर्भिकता
2 हप्ता अगाडि

काठमाडौँ ।नेपालको वर्तमान लुम्बिनी उद्यानमा ई.पू. ६२३ मा जन्मनुभएका राजकुमार सिद्धार्थले ३५ वर्ष ...

छुटाउनुभयो कि ?

TOP