लिपुलेक विवादमा नेपालले लेख्यो पत्र, भारत–चीनलाई कूटनीतिक नोट

लिपुलेक विवादमा नेपालले लेख्यो पत्र, भारत–चीनलाई कूटनीतिक नोट

काठमाडौं।परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा भारत र चीनलाई कूटनीतिक पत्र (डिप्लोमेटिक नोट) पठाएको छ।

मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उक्त विषयमा नेपाल सरकारको गम्भीर आपत्ति जनाउँदै दुवै देशलाई औपचारिक रूपमा पत्र लेखिएको हो। विज्ञप्तिमा नेपाली भूमि प्रयोग गरी कुनै पनि गतिविधि नगर्न स्पष्ट आग्रह गरिएको छ।

नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिपियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भू–भाग भएको दोहोर्‍याएको छ। उक्त क्षेत्रमा भइरहेका गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपालले आफ्नो अडान प्रस्ट पारेको हो।

यसअघि पनि नेपालले सो क्षेत्रमा सडक निर्माण, विस्तार तथा तीर्थाटनसँग सम्बन्धित गतिविधि नगर्न भारतलाई बारम्बार आग्रह गर्दै आएको जनाएको छ। साथै, चीनलाई पनि उक्त क्षेत्र नेपालको भएको जानकारी दिइसकेको मन्त्रालयले उल्लेख गरेको छ।

नेपालले सीमा विवाद समाधानका लागि ऐतिहासिक सन्धि, प्रमाण र नक्साका आधारमा कूटनीतिक संवादमार्फत अघि बढ्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP