मुखैमा आएको सांसद पद पनि खान पाएन्न प्रकाश सपुतले, समानुपातिक सूचीबाट अन्तिममा बाहिरिए

मुखैमा आएको सांसद पद पनि खान पाएन्न प्रकाश सपुतले, समानुपातिक सूचीबाट अन्तिममा बाहिरिए

काठमाडौं । गीत संगीतमार्फत समाजका कथा बोलेर चर्चा कमाएका प्रकाश सपुत को संसद् यात्रा यसपटक अधुरै बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट समानुपातिकतर्फ उम्मेदवार बनेका उनी अन्तिम सूचीबाट बाहिरिँदै प्रतिनिधिसभा प्रवेशको अवसर गुमाएका हुन्।

फागुन २१ को निर्वाचनपछि रास्वपा मुलुककै ठूलो दल बनेसँगै सपुतको संसद् प्रवेशबारे व्यापक चर्चा भएको थियो। सामाजिक मुद्दालाई गीतमार्फत प्रभावकारी रूपमा उठाउँदै आएका उनी चुनावअघि मात्र पार्टीमा प्रवेश गरेर समानुपातिक बन्दसूचीमा दलित क्लस्टरको दोस्रो नम्बरमा समावेश भएका थिए।

यद्यपि, संविधानले व्यवस्था गरेको कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रावधानका कारण अन्तिम सूची तयार गर्दा केही पुरुष उम्मेदवारलाई हटाउनुपर्ने अवस्था आयो। सोही क्रममा सपुतको नाम अन्तिम सूचीबाट हटाइयो ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको अन्तिम समानुपातिक सूचीमा उनको नाम समावेश नभएपछि यसपटक संसद् पुग्ने उनको सम्भावना पूर्ण रूपमा समाप्त भएको छ। आयोगले पार्टीले पेश गरेको सूचीलाई अनुमोदन गरेसँगै सपुतको सांसद बन्ने यात्रा यहीँ टुंगिएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
एक घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

छुटाउनुभयो कि ?

TOP