लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बैङ्ककबाट नेपाल एअरलायन्सको विमानमा आएका उनीहरुलाई गएराति पक्राउ गरिएको हो ।

विभिन्न स्थानबाट चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ब्राउनसुगरसहित एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट एक जना, सोही नगरपालिकाको सडकघाट पीपलचौताराबाट तीन जना, वडा नं ८ बाट दुई जना, भीमदत्तनगरपालिका–११ बाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।

यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–७ बाट ब्राउनसुगरसहित दुई जना, धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट दुई जना, सोही उपमहानगरपालिकाको त्रिनगरबाट तीन जना, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ रमवापुरबाट दुई जना र पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कबाट एक जनालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
एक घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

छुटाउनुभयो कि ?

TOP