काठमाडौँ । शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा चार हजार ८०० र चाँदीको २२५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार २७० निर्धारण भएको छ ।
गत शुक्रवार एक तोला सुन तीन लाख १४ हजार २०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४९५ मा कारोबार भएको थियो । बिहीवार छापावाल सुन प्रतितोला तीन लाख १७ हजार र चाँदी पाँच हजार ५१५ मा कारोबार भएको थियो । गत बुधवार तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसद आशिका तामाङले सामाजीक संजाल फेस ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!