पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गरेकाछन् । 

 सभापति थापाले आज सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री ओलीका पुजनीय पिता मोहनप्रसाद ओलीको आज भएको निधनको दुःखद खबरले आफूलाई मर्माहत बनाएको बताए ।

उनले स्वर्गीय मोहनप्रसादको आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकाछन् ।  सभापति थापाले यस कठिन क्षणमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे ।  

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

महान गायिका आशा भोस्ले को निधन
एक महिना अगाडि

काठमाडौं। भारतीय संगीत जगतकी दिग्गज गायिका आशा भोस्ले को ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार म ...

छुटाउनुभयो कि ?

TOP