काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रत्यक्ष निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनको प्रस्ताव ल्याए सर्तसहित समर्थन गर्न तयार रहेको बताएका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले हिन्दु, बौद्ध, किराँती लगायत सबै धर्मावलम्बीलाई मान्य हुने गरी नेपाललाई हिन्दु राज्य घोषणा गर्ने प्रस्ताव आए आफूहरू सहयोग गर्न तयार रहेको बताएका हुन्। उनले राप्रपाका पाँच जना सांसदको पूर्ण समर्थन रहने स्पष्ट पारे।
“यदि संविधान संशोधन गरेर नेपाललाई सबै धर्मलाई सम्मान गर्ने हिन्दु राज्य बनाउने प्रस्ताव आउँछ भने हामी समर्थन गर्न तयार छौँ,” शाहीले भने।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ चार सिट गरी कुल पाँच सिट जितेको छ।
उता राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको छ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट प्राप्त सिट जोड्दा रास्वपाको संख्या अहिले १८२ पुगेको छ। संविधान संशोधनका लागि प्रतिनिधि सभामा दुई तिहाई बहुमत आवश्यक पर्छ।
तर दुई तिहाई संख्या पुर्याउन रास्वपालाई अझै दुई सिट आवश्यक पर्ने अवस्था छ। यस्तो अवस्थामा राप्रपाले संविधान संशोधनका विषयमा हिन्दु राज्यको एजेन्डा समेटिए समर्थन गर्न सक्ने संकेत दिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!