प्रधानन्यायाधीश राउत चैत १८ मा अवकाश, सर्वोच्चमा तीन पद खाली हुने

प्रधानन्यायाधीश राउत चैत १८ मा अवकाश, सर्वोच्चमा तीन पद खाली हुने

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत चैत १८ गतेबाट अवकाशमा जाँदै छन्। उनको अवकाशसँगै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया तत्कालका लागि प्रभावित हुने देखिएको छ।

हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त रहेको छ। राउत अवकाशमा गएपछि रिक्त पदको संख्या तीन पुग्नेछ। प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया जारी रहेकाले वर्तमान सरकार कामचलाउ अवस्थामा पुगेको छ।

कामचलाउ सरकारका कारण कानुनमन्त्री अनिलकुमार सिन्हा न्यायपरिषद् बैठकमा सहभागी हुने सम्भावना पनि कम रहेको बताइएको छ। त्यसैले नयाँ प्रधानन्यायाधीश र नयाँ कानुनमन्त्री नियुक्ति नभएसम्म सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्ने सम्भावना न्यून देखिएको छ।

यसैबीच प्रधानन्यायाधीश राउतले सामान्य प्रशासनिक कामबाहेक मुद्दा सुनुवाइका लागि ‘बेञ्च’ बस्न छाडिसकेका छन्।
न्यायपरिषद्का सचिव जितेन्द्रबाबु थपलियाका अनुसार हाल परिषद् र न्याय सेवा आयोगमा छलफलका लागि कुनै नयाँ एजेन्डा छैन। उनका अनुसार पछिल्लो पटक फागुन ५ गते केही नियुक्ति र पदस्थापनसम्बन्धी निर्णय भएको थियो। त्यसयता परिषद्ले कुनै महत्वपूर्ण एजेन्डामा छलफल गरेको छैन।
थपलियाले तत्काल न्यायपरिषद्को बैठक बस्ने अवस्था नरहेको बताए पनि प्रशासनिक कामहरू भने आवश्यकताअनुसार भइरहने बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
3 घण्टा अगाडि

श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय ता ...

छुटाउनुभयो कि ?

TOP