मतगणनाको ताजा अवस्था : झापा–५ मा बालेनको भारी अग्रता, काठमाडौंका अधिकांश क्षेत्रमा रास्वपाको जित

मतगणनाको ताजा अवस्था : झापा–५ मा बालेनको भारी अग्रता, काठमाडौंका अधिकांश क्षेत्रमा रास्वपाको जित

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको मतगणना देशभर जारी रहँदा प्रारम्भिक तथा केही अन्तिम नतिजाहरू सार्वजनिक हुन थालेका छन्। हालसम्म १३५ निर्वाचन अधिकृतका कार्यालयमा मतगणना चलिरहेको छ। २७ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने तीन क्षेत्रमा भने अझै मतगणना सुरु भएको छैन।

प्रत्यक्षतर्फ मतगणना सकिएका स्थानहरूमा अहिले समानुपातिकतर्फको मतगणना भइरहेको छ।
ताजा विवरण अनुसार झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा झन्डै चार गुणा बढी मत प्राप्त गर्दै फराकिलो अग्रता बनाएका छन्। शाहले ३२ हजार ३३६ मत प्राप्त गरेका छन् भने ओलीले ८ हजार ५१८ मत पाएका छन्।

त्यस्तै सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिस्पर्धी अमरेशकुमार सिंहभन्दा करिब तीन हजार मतले पछाडि परेका छन्। पछिल्लो मतपरिणाम अनुसार सिंहले ९ हजार ३७ मत प्राप्त गरेका छन् भने थापाले ५ हजार ८५८ मत पाएका छन्।

काठमाडौंका सबै १० वटा निर्वाचन क्षेत्रमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू विजयी हुने लगभग निश्चित देखिएको छ। हालसम्म ९ वटा क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने काठमाडौं–२ को नतिजा आउन बाँकी रहेको छ।

हालसम्मको नतिजा अनुसार नेकपा एमालेका तर्फबाट बाँके–२ बाट इस्तेहाक राई निर्वाचित भएका छन्। त्यस्तै नेपाली कांग्रेसका पाँच उम्मेदवार पनि विभिन्न क्षेत्रमा विजयी भइसकेका छन्।

देशभर मतगणना जारी रहेकाले आगामी केही घण्टामा थप निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ। निर्वाचन परिणामले देशको आगामी राजनीतिक समीकरण कस्तो बन्ने भन्नेबारे चासो झन् बढाएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
4 घण्टा अगाडि

श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय ता ...

छुटाउनुभयो कि ?

TOP