काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअन्तर्गत रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेकाछन् ।
उनले पाँच हजार ९२४ मत प्राप्त गरेकाछन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लीलामणि गौतमले दुई हजार ९१ र नेपाली कांग्रेसका कुसुमदेवी थापाले एक हजार ७०९ मत प्राप्त गरेकाछन् ।
हालसम्म भुमे गाउँपालिकाको नौ वडा र सिस्ने गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ७ को १० हजार ९२१ मतगणना सकिएको छ । यहाँ २९७ मत बदर भएको छ । अहिले सिस्ने गाउँपालिकाको ६ र ८ नम्बर वडाको मतगणना जारी छ । त्यसपश्चात् पुथा उत्तरगङ्गा गाउँपालिकाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत खनालले बताएकाछन् ।
श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय ता ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!