काठमाडौं । पछिल्लो मत परिणामअनुसार सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह अग्रस्थानमा रहेका छन्। प्रारम्भिक मतगणनामा सिंहले १९०८ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएका छन्।
उता नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले ५३६ मत प्राप्त गरेका छन्। हालसम्म सार्वजनिक भएको मत परिणामले सर्लाही–४ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको देखिएको छ। प्रारम्भिक मतपरिणामले रास्वपाको पकड बलियो देखिएपछि सर्लाही–४ को अन्तिम परिणाम कस्तो आउला भन्ने चासो बढेको छ।
यसैबीच, हालसम्म गणना भएका विभिन्न स्थानका मतपरिणाममा पनि रास्वपाले अग्रता कायम राखेको प्रारम्भिक संकेत देखिएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले जनाएका छन्।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!