काठमाडौं। प्रतिनिधि सभा निर्वाचन–२०८२ को मतगणना देशभर जारी छ। अहिलेसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४२ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।नेपाली कांग्रेस र नेकपा एमालेलाई पछि पारेकोछ।
निर्बाचन आयोगका अनुसार नेपाली कांग्रेस ५ क्षेत्र, नेकपा एमाले ४ क्षेत्र र नेपाल कम्युनिस्ट पार्टी २ क्षेत्रमा अग्रस्थानमा छन्।
राजधानी उपत्यका, तराई–मधेस र पहाडी जिल्लाहरूमा रास्वपा उम्मेदवारहरूले मत परिणाममा अग्रता कायम गरेका छन्। काठमाडौं उपत्यकाका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरू अग्रस्थानमा छन्। उपत्यकाका १५ निर्बाचन क्षेत्र मध्येमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिदा १ ठाउँमा काङ्ग्रेसले अग्रता लिएकोछ।
तराई–मधेसमा कांग्रेस केही क्षेत्रमा अग्रस्थानमा छ भने पहाडी जिल्लामा एमाले र नेकपा केही क्षेत्रमा अग्रस्थानमा रहेका छन्।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!