काठमाडौं। प्रतिनिधि सभा निर्वाचन–२०८२ को प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता लिएको छ। प्रारम्भिक मतपरिणाम अनुसार उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपा उम्मेदवारहरू अगाडि देखिएका छन्।
काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा पनि रास्वपाले बलियो उपस्थिति देखाएको छ। प्राप्त प्रारम्भिक परिणाम अनुसार काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट अग्रस्थानमा रहेका छन्।
यसैगरी ललितपुर जिल्लाका दुई निर्वाचन क्षेत्रमा पनि रास्वपा उम्मेदवारहरू अगाडि देखिएका छन्। ललितपुर–२ मा जगदीश खरेल र ललितपुर–३ मा तोसिमा कार्की प्रारम्भिक मतगणनामा अघि रहेका छन्। तर ललितपुर–१ मा भने नेपाली कांग्रेसका उदय शम्शेर राणाले अग्रता लिएका छन्।
भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा पनि रास्वपा उम्मेदवारहरू अगाडि देखिएका छन्। भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित अग्रस्थानमा छन् भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले उनलाई पछ्याइरहेका छन्। नेमकिपाको बलियो प्रभाव रहेको उक्त क्षेत्रमा देखिएको प्रतिस्पर्धाले चुनावी माहोललाई थप रोचक बनाएको छ।
त्यसैगरी भक्तपुर–२ मा रास्वपाका राजिव खत्री अग्रस्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछि परेका छन्।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!