रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा

रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा

काठमाडों । सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान करिब ८ बजे गाडीमा ७ कार्टुन रक्सी, बियर २ कार्टुन, चामल २ बोरा र खाने तेल ३ कार्टुनसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकोे छ ।

सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को चुनावी प्रचारप्रसारमा संलग्न गाडीमा मदिरा र चामल लोड गरिएको अवस्थामा नियन्त्रणमा लिइएको छ। बनगाड-कुपिण्डे नगरपालिकास्थित सल्लिबजारमा सोमबार बिहानै खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१-०१८ च ०४२९ नम्बरको बोलेरो जिप प्रहरीले नियन्त्रणमा लिएको हो ।

पार्टीको प्रचारप्रसारमा प्रयोग भएको उक्त गाडीमा पार्टी झण्डा, ब्यानर र साउण्ड बक्स समेत रहेको थियो । मतदान नजिक आइरहेको बेला गाडीमा मदिरा र खाद्यान्न लोड गरिएकाले निर्वाचन आचारसंहिता विपरित भएको भन्दै स्थानीयले विरोध गरेका छन् । घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा चर्चामा छ ।

जीप चालक नन्द रानाले उक्त सामग्री खैरागारसम्म स्थानीय व्यापारीको ढुवानीका लागि लगेको दाबी गरेका छन् । उनले भुलवश वा अन्जानमा भएको गल्ती स्वीकार गर्दै पार्टीलाई यसबारे कुनै जानकारी नभएको र चालकले आफ्नै विवेकमा यस्तो गरेको उल्लेख गरे पनि नियतवश नै गाडीमा मदिर र चामल राखिएको दाबी गरिएको छ । उक्त सामग्रीसहितको गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
4 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP