अर्को सुचना नआए सम्मको लागि खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित,सबैलाई घर फर्कन आग्रह

अर्को सुचना नआए सम्मको लागि खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित,सबैलाई घर फर्कन आग्रह

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।

बढ्दो तनाव मध्यनजर गर्दै  यूएई, कतार, कुवेत, साउदी अरब, ओमान, इराक, बहराइन, जोर्डन, लेबनान, इजरायल र युरोपका केही देश बढ्दो तनावलाई मध्यनजर गर्दै श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको हो । अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रम स्वीकृति प्रदान कार्य स्थगित गरिएको छ ।

सम्बन्धित देशमा जान विमानस्थलमा बसेका मानिसलाई फर्केर आफ्नो घर जान अनुरोध गरिएको छ । बढ्दो तनावबीच ती देशमा सुरक्षा सतर्कता बढेको भन्दै सरकारले विमानस्थलमा रहेका नेपालीलाई घर फर्किन अनुरोध गरेको हो ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
3 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP