इजरायल–अमेरिकी आक्रमणपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि

इजरायल–अमेरिकी आक्रमणपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि

दुबई। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको इजरायल र संयुक्त राज्य अमेरिकाले गरेको ठूलो सैन्य आक्रमणपछि मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले आइतबार बिहान पुष्टि गरेका छन्। खामेनीको निधनसँगै इरानको राजनीतिक भविष्य अनिश्चित बन्दै गएको छ भने सम्पूर्ण मध्यपूर्व क्षेत्रमा अस्थिरता अझ चर्किने जोखिम बढेको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु भएको घोषणा गर्दै यसलाई “इरानी जनताले आफ्नो देश फिर्ता लिन पाउने सबैभन्दा ठूलो अवसर” भनेका थिए। ट्रम्पले इरानमाथि “हेभी र पिनप्वाइन्ट बमबारी” जारी रहने चेतावनीसमेत दिएका छन्। अमेरिकी पक्षले यी आक्रमणहरू इरानको परमाणु क्षमताहरू नष्ट गर्न आवश्यक भएको दाबी गरेको छ।
इरानी राज्य टेलिभिजन र सरकारी समाचार संस्था IRNA ले खामेनीको मृत्युको कारण खुलाएको छैन। ८६ वर्षका खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता थिए र इस्लामिक गणतन्त्रका सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्थे।

यो आक्रमणसँगै इरानमा अमेरिकी हस्तक्षेपको नयाँ र खतरनाक अध्याय सुरु भएको विश्लेषकहरूले बताएका छन्। संभावित प्रत्याक्रमण, क्षेत्रीय हिंसा र ठूलो युद्धतर्फ परिस्थिति जान सक्ने चिन्ता बढेको छ। “अमेरिका फर्स्ट” र ‘सधैंका युद्धबाट बाहिर रहने’ नारा लिएर सत्तामा आएका ट्रम्पको कार्यकालमै यति ठूलो सैन्य कारबाही हुनु विश्व राजनीतिमा गम्भीर मोडको रूपमा हेरिएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
6 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP