काठमाडौँ।जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीको आँकडा सार्वजनिक भएको छ। जिल्लामा एक हजार ७६ उजुरी परेको निर्वाचन आयोगले जनाएको छ। प्राप्त उजुरीमध्ये एक हजार ६१, अर्थात् ९९ प्रतिशत, फर्छ्यौट भइसकेको छ।
प्रदेश अनुसार सबैभन्दा धेरै उजुरी लुम्बिनी प्रदेशमा परेको छ (२ सय ४४ उजुरी), भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा (९६ उजुरी) दर्ता भएको छ।
उजुरीको स्रोत हेर्दा ९७ उजुरी लिखित थिए, बाँकी ९ सय ७९ उजुरी टेलिफोन, एसएमएस र अन्य माध्यमबाट प्राप्त भएका थिए।
निर्वाचन आयोगका अनुसार उजुरीमा तोकेको आकारभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोग गर्ने, सामाजिक सञ्जाल दुरुपयोग गर्ने, डिजे माइक प्रयोग गरी ध्वनि प्रदूषण फैलाउने, शिक्षक, कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा संलग्न हुने, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँग्ने, र अनुमति नलिएका सवारी साधन प्रयोग गर्ने जस्ता गतिविधि प्रमुख छन्।
आयोगले स्पष्ट पारेकोछ आचारसंहिता उल्लंघन रोक्न कडा निगरानी जारी रहनेछ र आवश्यक कारबाही अगाडि बढाइनेछ।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!