काठमाडौं,माघ ५- अब नेपालभर छापिने र वितरण हुने पञ्चाङ्ग (पात्रो) तथा भित्तेपात्रो (क्यालेण्डर) सम्बन्धित निकायको अनिवार्य स्वीकृति बिना बजारमा ल्याउन पाइने छैन। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ले स्पष्ट चेतावनी दिँदै स्वीकृति नलिई प्रकाशन गरिए जफत, प्रकाशनमा रोक्का तथा १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने जनाएको छ।
समितिका अनुसार गठन आदेश–२०७७ र आन्तरिक व्यवस्थापन दिग्दर्शन–२०७९ ले पञ्चाङ्ग मात्र होइन, भित्तेपात्रो, गोजी पात्रो, टेबल क्यालेण्डर लगायत सबै प्रकारका क्यालेण्डरमा पूर्वस्वीकृति अनिवार्य गरेको छ। हालसम्म स्वीकृति नलिई छापिएका क्यालेण्डरहरूमा चाडपर्व, तिथि–मिति, मुहूर्त र सरकारी बिदासम्बन्धी त्रुटि भेटिँदा सर्वसाधारणमा भ्रम र अन्योल बढेको निष्कर्ष निकालिएको छ।
एउटै मितिमा फरक–फरक विवरण प्रकाशित हुँदा धार्मिक तथा सामाजिक गतिविधिमा असर परेको गुनासो बढेपछि समितिले कडाइ गर्ने निर्णय गरेको हो। अब प्रकाशन हुने सबै पात्रो–क्यालेण्डरमा स्वीकृति पत्र र स्वीकृति नम्बर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा गृह मन्त्रालय, समितिका प्रतिनिधि र पञ्चाङ्गकार सहभागी रहने अनुगमन समिति मार्फत बजार निरीक्षण तीव्र बनाइने जनाइएको छ। स्वीकृति बिना प्रकाशित सामग्री भेटिए प्रशासनिक निकायमार्फत जफत गरी प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
समितिले मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र उद्योग–वाणिज्य क्षेत्रसँग सहकार्य गर्न आह्वान गर्दै नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। स्पष्ट सन्देश दिइएको छ—अब मनपरी पात्रो छापिए सीधा कारबाही हुनेछ, त्यसैले प्रकाशक तथा व्यवसायीले समयमै स्वीकृति लिएर मात्र प्रकाशन र वितरण गर्नुपर्नेछ।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!