सुनको मुल्य सामान्य बढ्यो, चाँदी घट्यो !

सुनको मुल्य सामान्य बढ्यो, चाँदी घट्यो !

काठमाडौं । सोमबार सुनको मुल्य सामान्य बढ्दा चाँदी घटेको छ । यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

विगत डेढ महिनामा सुनको मुल्य करिब तोलामा ३० हजार घटेको छ । यसअघि गत माघ १५ गते सुनको मुल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

यस्तै चाँदीको मुल्य आज तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत माघ १५ गते चाँदी हालसम्मकै उच्च प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
एक महिना अगाडि

काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुम ...

छुटाउनुभयो कि ?

TOP