घरदैलो अभियानमा मतदातासँग संवाद : ओली

घरदैलो अभियानमा मतदातासँग संवाद : ओली

काठमाडौं,माघ २६— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घरदैलो अभियानको क्रममा मतदातासँग संवाद गर्दै सामाजिक सुरक्षा भत्ता र सामाजिक कार्यक्रमका बारेमा जानकारी दिएका छन्।

ओलीले ०५१ सालदेखि सुरु भएको सामाजिक सुरक्षा भत्तालाई आफू प्रधानमन्त्री हुँदा ४ हजार रुपैयाँसम्म पुर्‍याएको उल्लेख गरे। अहिले सरकार परिवर्तन र अर्थतन्त्रको चुनौतीपूर्ण अवस्था भएकाले भत्ता थप बढाउन नसकेको उनले बताए।

उनले सामाजिक सुरक्षा भत्तामा हाल करिब ३८ अर्ब खर्च भइरहेको जानकारी दिँदै ज्येष्ठ नागरिक, महिला र अशक्त व्यक्तिहरू सबैले यसको लाभ पाउँदै आएको बताए।
सडक बालबालिका अन्त्य गर्नका लागि अभियान नै सञ्चालन गरिएको, साथै पछाडि परेको समुदायलाई अगाडि ल्याउने कार्यक्रमहरू पनि आफूले अघि बढाइरहेको उनले बताए।

अध्यक्ष ओलीले मतदातासँगको संवादमा समाजका कमजोर वर्गको उत्थान, बालबालिकाको सुरक्षाका साथै सामाजिक न्याय र समावेशी विकासमा केन्द्रित आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP