समानुपातिक मतगणना सकियो, सिट बाँडफाँडको तयारी सुरु

समानुपातिक मतगणना सकियो, सिट बाँडफाँडको तयारी सुरु

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ। गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै समानुपातिकतर्फको सबै मतगणना टुंगिएको निर्वाचन आयोगले जनाएको छ।

मतगणना सकिएसँगै सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयबाट आयोगमा विवरण पठाउने क्रम जारी छ। सबै विवरण प्राप्त भएपछि अन्तिम नतिजा औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलहरूले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि आयोगले सुरु गरेको छ। आयोगका अनुसार केही दिनभित्र सिट बाँडफाँडको प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको  विवरणअनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको छ। हालसम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार दुई सय ३५ मतसहित अग्रता कायम गरेको छ।त्यसैगरी नेपाली कांग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार आठ सय ५४ मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३ मत प्राप्त गरेको छ।

यस्तै श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत प्राप्त गरेका छन्। आयोगका अनुसार अन्य दलहरू समानुपातिकतर्फ आवश्यक थ्रेसहोल्ड पार गर्न सकेनन् ।

मतगणना सकिएसँगै अब दलहरूले प्राप्त गरेको कुल सदर मतको आधारमा समानुपातिकतर्फ ११० सिटको बाँडफाँड गर्ने प्रक्रिया अघि बढ्नेछ। निर्वाचन आयोगले दलगत मत प्रतिशतका आधारमा सिट निर्धारण गर्ने जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक १३ अङ्कले बढ्यो
2 घण्टा अगाडि

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिस ...

छुटाउनुभयो कि ?

TOP