सामाजिक सञ्जालबाट लोकप्रिय बन्ने प्रवृत्ति खतरनाक : प्रचण्ड

सामाजिक सञ्जालबाट लोकप्रिय बन्ने प्रवृत्ति खतरनाक : प्रचण्ड

काठमाडौं,माघ २६ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, सिद्धान्त र इतिहासबिनै सामाजिक सञ्जालको भरमा लोकप्रिय बन्ने प्रवृत्ति लोकतन्त्र र राष्ट्रका लागि खतरनाक रहेको बताएका छन्।

सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले विश्व साम्राज्यवादी शक्तिहरूले सामाजिक सञ्जाललाई उपकरण बनाएर विभिन्न देशमा भूराजनीतिक चलखेल गरिरहेको र त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको बताए।

प्रचण्डले सामाजिक सञ्जालमा ‘स्टन्ट’ गरेर स्थापित हुन खोज्ने प्रवृत्तिले राजनीतिक प्रणालीलाई कमजोर बनाउने भन्दै यसको सशक्त प्रतिवाद आवश्यक रहेको बताए। उनले यस्तो प्रवृत्तिविरुद्ध नयाँ संकल्प, नयाँ समीक्षा र राष्ट्र तथा जनताप्रति समर्पित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उनले यही उद्देश्यसहित नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निर्माण गरी अगाडि बढेको उल्लेख गर्दै पार्टीले विकास निर्माण, सुशासन, भ्रष्टाचारविरुद्धको संघर्ष, सामाजिक विभेद अन्त्य, सामाजिक न्याय, आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकतामा राखेको बताए।

प्रचण्डले नेकपाका नीति, योजना र कार्यक्रमले जनतामा फेरि एकपटक आशा र भरोसा बढ्दै गएको दाबी गर्दै राष्ट्र र जनताका पक्षमा निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP