दाङमा झण्डा जलाउने विवाद : एमाले महासचिवको आपत्ति, रास्वपाद्वारा अस्वीकार

दाङमा झण्डा जलाउने विवाद : एमाले महासचिवको आपत्ति, रास्वपाद्वारा अस्वीकार

दाङ फागुन ८-दाङमा एमालेको सूर्य चिन्ह अंकित झण्डा जलाइएको भनिएको घटनालाई लिएर राजनीतिक विवाद चर्किएको छ।

शङ्कर पोख्रेल ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अराजकता र उदण्डता अपराध भएको बताएका छन्। उनले लेखेका छन्, “झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन्। यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन्।”

घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी का कार्यकर्ता संलग्न रहेको आरोप लगाइएको छ। तर रास्वपाको दाङ जिल्ला समितिले भने झण्डा जलाएको विषयलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै आफूहरूको संलग्नता नभएको दाबी गरेको जनाएको छ।

उता नेकपा (एमाले) ले घटनालाई लोकतान्त्रिक संस्कारविपरीतको गतिविधि भन्दै आपत्ति जनाएको छ।
घटनाले चुनावी माहोलमा थप तिक्तता ल्याएको छ। स्थानीय प्रशासनले घटनाबारे छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP