सानेपामा गगन थापा युगको औपचारिक सुरुवात, सर्वोच्चको निर्णयपछि कार्यालय प्रवेश तयारी

सानेपामा गगन थापा युगको औपचारिक सुरुवात, सर्वोच्चको निर्णयपछि कार्यालय प्रवेश तयारी

काठमाडौ ,माघ ७-नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समिति अब पार्टी केन्द्रीय कार्यालय सानेपाबाट औपचारिक रूपमा काम सुरु गर्न तयार भएको छ। गत पुस ३० गते विशेष महाधिवेशनबाट चयन भएको सभापति गगन थापा नेतृत्वको कार्यसमिति हालसम्म कार्यालय प्रवेश नगरी बाहिरै बसेर निर्णय गर्दै आएको थियो।

निर्वाचन आयोगले गत माघ २ गते विशेष महाधिवेशनलाई वैधानिकता दिँदै कार्यसमिति अद्यावधिक गरे पनि विवाद सर्वोच्च अदालत पुगेपछि कार्यालयबाटै काम नगरी बाहिरै काम गर्नु परेको थियो। यही अवधिमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटलगायतका निर्णयहरू बाहिरै बसेर गरिएका थिए।

मंगलबार सर्वोच्च अदालतले आधिकारिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि गगन थापा नेतृत्वको कार्यसमितिले अब पार्टी केन्द्रीय कार्यालयबाट काम सुरु गर्ने बाटो खुलेको छ।

प्रवक्ता देवराज चालिसेका अनुसार, केन्द्रीय कार्यालयका केही कार्यकक्ष तयार पार्ने र सरसफाइको काम भइरहेको छ। कार्यालय प्रवेश बिहीबार सम्भव नभए शुक्रबार गर्ने तयारी छ।

उनले भने, "अब घोषणापत्र निर्माण, प्रचार सामग्री तयार पार्ने, उमेदवारलाई प्राविधिक सहयोग गर्ने र तल्लो तहसँग समन्वय गर्ने सबै काम केन्द्रीय कार्यालयबाटै हुनेछ। आगामी चुनावका लागि पार्टीको प्रतिबद्धता आम नागरिकमा पुर्‍याउन पहिलो प्राथमिकता यही हो।"

चालिसेले थपे कि उमेदवार छनोटमा विगतको तुलनामा असन्तुष्टि कम छ र बाँकी रहेका असन्तुष्टिहरू व्यवस्थापन गर्दै अघि बढाइने तयारी भइरहेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने दाबी
3 हप्ता अगाडि

पाँचथर फागुन ८- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाच ...

छुटाउनुभयो कि ?

TOP