काठमाडौँ,माघ ६— नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज मनोनयन दर्ताको दिनलाई सामान्य निर्वाचनको रूपमा मात्र नलिन आग्रह गर्दै यसलाई जनमत संग्रहको रूपमा व्याख्या गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभप्रभात सन्देश दिँदै महासचिव पोखरेलले यो निर्वाचन हिंसाको विरुद्ध शान्ति, अराजकताको विरुद्ध अनुशासन र विध्वंसको विरुद्ध निर्माणको छनौट भएको बताएका छन् । उनले संविधान र लोकतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्धको जनमत संग्रहका रूपमा यस निर्वाचनलाई लिनुपर्ने उल्लेख गरेका छन् ।
“आज मनोनयन दर्ताको दिन हो । यो निर्वाचन सामान्य निर्वाचन होइन, जनमत संग्रह हो,” पोखरेलले भनेका छन्, “हिंसाको विरुद्ध शान्तिको, अराजकताको विरुद्ध अनुशासनको र विध्वंसको विरुद्ध निर्माणको छनौट हो ।”
महासचिव पोखरेलले नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षड्यन्त्रलाई परास्त गर्ने संकल्प गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् । उनले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा गर्न सबै सचेत नागरिक एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनको यो अभिव्यक्ति आज देशभर प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवार मनोनयन दर्ता सुरु भएको सन्दर्भमा आएको हो ।
काठमाडौँ, माघ १४ - गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प् ...

प्रतिक्रिया