काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा आज सैनिक मञ्च टुँडीखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित उक्त समारोहमा सरिक हुनुभएको हो ।
सो अवसरमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो ।
संबाददाता
- २०८२-११-०७
3 घण्टा अगाडि
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!